लेकसाइडकाे प्याराडिसोमा गुञ्जिदैं बर्तिका एम राई र युगल गुरुङ
पाेखरा | पुस ५, २०८१
पोखरामा चर्चित गायक गायिकाको लाइभ कन्सर्ट हुदैछ । पोखराको लेकसाइडमा रहेको प्याराडिसोमा बर्तिका एम राई र युगल गुरुङले लाइभ कन्सर्ट हुन लागेको हो ।
शनिबार साँझ हुने कार्यक्रममा बर्तिका एम राई र युगल गुरुङ छुटाछुट्टै प्रस्तुती दिनेछन् ।
गायक युगलले ’यो पर्खाइ, आफ्नो संसार, कोठा, सहारा, लुकामारी, कहाँ छौ, कुरा’ लगायत गीत गाउने छन् भने गायिका बर्तिकाले ’तिमी र म, नजिक, उमेर, बाँकी, खुसी, घर, सम्झना, खै’ लगायत गीत गाएर मनोरञ्जन दिने छिन् । युगल र बर्तिका दुवै अहिलेका चर्चित गायक गायिका हुन् ।
बर्तिकालाई नेपाली संगीतमा दैनिकीहरुको सरल रुपमा प्रस्तुत गर्ने गर्दछिन् । उनले गीत लेख्ने, संगीत सिर्जना गर्ने र गाउँने काम गछिन् ।
उनीहरु दुबैका गित चर्चित रहेको र नयाँ पिडिमा उनीहरु प्रख्यात रहेको प्याराडिसोका म्यानेजर हरि पौडेलले बताए ।
उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए । टेबल बुकिङ गर्नेका लागि प्रबेश शुल्क नलाउने उनको भनाई छ ।
मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । प्याराडिसोमा दैनिक लाइभ म्युजीक, खेलकुदको लाइभ ठुलो एलइडिमा देखाउदै आएको छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

